साताभर दुई अर्बको कारोबार

काठमाडौँ, १८ साउन । धितोपत्र बजारमा यस साता दुई अर्ब बराबरको शेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर रु दुई अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ मूल्यमा खरीद बिक्री भएको छ ।

 साउन ९ गते नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको नेप्से आइतबार थप ओरालो लाग्यो । आइतबार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुग्यो । सो दिन कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए ।

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोमबार भने तीन अङ्क बढीले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगयो । सो दिन कारोवार रकम भने आइतबारको तुलनामा घट्यो । कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भयो । नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । क्ूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए ।

बुधबार पनि नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । सो दिन ६.२० अङ्कले वृद्धि भई नेप्से एक हजार २६५.५७ मा पुग्यो । कूल १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर रु ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए ।

बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लाग्यो । सो दिन परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झ¥यो । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरीद बिक्री भए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक

काठमाडौँ, २० कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५)