काठमाडौँ, १६ साउन । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन ५ सय रुपयाँले घटेर छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी १० रुपयाँले घटेर प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





