काठमाडौँ, १५ साउन । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी ५ रुपयाँले बढेर प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





