घर्रामा १९ अर्बका चेक

काठमाडौँ, १४ साउन । आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ ।

असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो ।

विगतदेखि नै आथिएक वर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण नगर्ने प्रवृत्ति छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानीको चेक सम्बन्धित खर्च निकायमा पठाए पनि ठेकेदारसँग मोलमोलाइका लागि समयमा हस्तान्तरण नगरेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारमा काटिएका २४ हजार नै सय १७ चेक साट्न बाँकी छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक

काठमाडौँ, २० कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५)