राजविराज, १४ असार । सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कङ्कालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकालगायत स्थानीय तहमा बैंक नहुँदा त्यहाँका बासिन्दा सास्ती खेप्न बाध्य छन् ।
स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी निर्णय कार्यान्वनमा नआउँदा उनिहरुलाई सधैँ सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यता छ । सानो रकम लिन पनि राजविराज धाउनुपर्ने, विदेशबाट पठाएको रकम लिन राजविराज जानुपर्दा सर्वसाधारण हैरान छन् । घण्टौँ लाइनमा बस्नुपर्छ । जिल्लामा नौ नगरपालिका तथा नौ गाउँपालिका रहेको छ । चार स्थानीय तहमा मात्र बैंक स्थापना गरिएको छ ।




