काठमाडौँ, १२ जेठ । नेप्से आज २ दशमलव ५३ अंकले बढेर १ हजार ३ सय ५ दशमलव ४९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यसदिन १ सय ६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर खरिदबिक्री भई ७५ करोड ६८ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव २० अंकले बढेर २ सय ७७ दशलमव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । मंगलबार धेरै कमाउनेमा ज्योति विकास बैंकका रहेको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।





