काठमाडौँ, १२ जेठ । आज मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ५९ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





