काठमाडौँ, २६ बैशाख । नेप्से सूचक बिहीबार ५.६४ अंकले घटेर १२९१.९६ विन्दुमा पुगेको छ ।
आज बजार समग्रमा ०.४३५ ले तल झरेको हो । १७४ कम्पनीको ९४ करोड ७३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।
कुल १० वटा समूहको सेयर कारोबार भएकामा २ समूहका सूचक हरिया भएका छन् भने बाँकी समूह राता देखिएका छन् । वाणिज्य बैंक समूहको सूचक ८.३१ अंकले तल झरेको छ ।
निर्जीवन बिमा समूह सबैभन्दा धेरै ५०.२१ अंकले बढेको छ ।कारोबार रकममा सानिमा बैंकको संस्थापक सेयर अग्रस्थानमा छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेको इन्सुरेन्स परेका छन् ।
सबैभन्दा बढी कमाउनेमा सगरमाथा इन्सुरेन्सका लगानीकर्ता रहेका छन् । यसको भाउ ८.५१ प्तिशतले बढेको हो ।






