नेप्से परिसुचक उकालो लाग्यो

काठमाडौँ, २४ बैशाख । नेप्से सूचक १.८७ अंकले बढेर १३०१.२८ विन्दुमा आइपुगेको छ ।

समग्रमा बजार ०.१४५ ले माथि लागेको हो । १७६ कम्पनीको ७२ करोड ८८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

२५ लाख २० हजार ७९० कित्ता सेयर खरिदबिक्री भएका छन् । होटेल समूह सबैभन्दा धेरै १०१.०७ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने २.५६ अंकले तल झरेको छ । एनसीसीको ५ करोड ९४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल बैंक परेका छन् ।सबैभन्दा बढी हिमायलन डिस्टिलरीका लगानीकर्ताले कमाएका छन् ।

यसैगरी, सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावरका लगानीकर्ता रहेका छन् । समिट माइक्रोफाइनान्स र नेसनल हाइड्रोपावरका लगानीकर्ता पनि बढी गुमाउनेमा क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार