काठमाडौँ, १२ वैशाख । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ४ सय ५ रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





