काठमाडौँ, १० बैशाख । आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





