काठमाडौँ, ९ वैशाख । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपयाँले बढेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





