काठमाडौँ, ८ वैशाख । आज आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार १ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





