बैंकमा नयाँ खाता खोल्नेलाई एकसय रुपैयाँ

काठमाडौँ, २९ चैत । सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको हो ।

खाता खोल्न आउनेहरुको बैंक खातामा बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगतको खर्चबाट प्रति बैंक खाता एक सय रुपैंया रकम समेत उपलब्ध गराउने छन् । यो अभियान वैशाखदेखि सुरु हुनेछ । यसअघि कुनै पनि बैंकमा खाता नखोल्नेलाई मात्र यस्तो व्यवस्था हुने राष्ट्र बैंकले जनाएको छ ।

सरकारी निकायबाट जारी भएको कुनै पनि किसिमको परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिन्छ । अर्थात् बैंक खाता खोल्नेले नागरिकता वा राहदानी वा मतदाता परिचय पत्र वा सवारी चालक अनुमतिपत्र वा सम्बन्धित स्थानीय निकायले उपलब्ध गराएको फोटो सहितको सिफारिस लिएर बैंक जाँदा हुन्छ। यसरी बैंक खाता खोल्दा अरु कुनै बैंकमा खाता नरहेको स्वघोषणा भने बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार