काठमाण्डौँ, २८ चैत । नेप्से सूचक ०.५९ अंकले घटेर ११८४.०२ विन्दुमा आइपुगेको छ ।
बजार समग्रमा ०.०५ प्रतिशतले तल झरेको हो । १७० कम्पनीको ३९ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।
नेप्सेमा कुल १० वटा समूहको सेयर कारोबार भएकामा ६ वटा समूहका सूचक बढेका छन् भने बाँकी ४ समूहका सूचक तल झरेका छन् । वाणिज्य बैंक समूहको सूचक ०.५५ विन्दुले बढेको छ ।
कारोबार रकममा कुमारी बैंकले अग्रता लिदै ३ करोड ६३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबि बैंक र एनआइसी एसिया बैंक परेका छन् ।






