काठमाडौँ उपत्यकासहित देशभरिकै मौसम बदली

काठमाडौँ, १६ चैत । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।

पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाडौँसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने महासाखाले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना रहेको बताइएको छ । अहिले बदली गराएको प्रणाली पूर्वमा अझै रहने देखिएकाले मध्य र पूर्वको मौसम एक दुई दिन पूर्ण रुपमा खुल्ने सम्भावना नभएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ