छ अङ्कले शेयर बजार घट्यो

काठमाडौँ, १० चैत । धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर एक हजार १३४.८० विन्दुमा पुगेको छ ।

ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ विन्दुले घटेर २४१.२९ विन्दुमा पुगेको छ । कूल १६६ कम्पनीका आठ लाख ३० हजार ६८ कित्ता शेयर रु २३ करोड २४ लाख एक हजार १३१ मूल्यमा खरीद बिक्री भए ।

बैंकिङ ४.६५, होटल १९.०९, विकास बैंक १२.०२, वित्त ०.३८, निर्जीवन बीमा ५४.६९, उत्पादन १३.६६, अन्य १.४१, लघुवित्त ८.८१, जीवन बीमा ४३.१४ विन्दुले घटेको छ । आज जलविद्युत् उपसमूहको मात्रै शेयर बढेको छ ।

स्टकका अनुसार नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३९, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.२१, छ््याङदी हाइड्रो पावर २.९७, रिलायन्स फाइनान्स लिमिटेडका शेयरधनीले २.५९ कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार