खानेपानी मन्त्रालयद्वारा ११ महिनामा ५ सय १८ वटा आयोजना सम्पन्न

काठमाडौं, २९ माघ ।  खानेपानी मन्त्रालयले ११ महिनाको अवधिमा मुलुकभर ५ सय १८ वटा आयोजनाहरु सम्पन्न गर्न सफल भएको जनाएको छ ।

मन्त्रालयलले मेलम्ची खानेपानीको ब्रेक थु्रसहित ५ सय १८ वटा खानेपानी आयोजनाहरु सम्पन्न भएको मन्त्री विना मगरको सचिवालयले जानकारी दिएको छ ।

२०७४ चैत २७ गते मेलम्ची सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि भएको छ । मेलम्ची आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत सकिएको समेत सचिवालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरि नै साना ठूला गरी ५ सय १८ वटा खानेपानीका आयोजनाहरु सम्पन्न भएको तथ्याँक सार्वजनिक गरिएको छ ।

खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिसकेका छन् । भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरुमध्ये ३ सय ६० वटा आयोजनाहरुको पुननिर्माण तथा पुनस्थापना कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०