स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक नगरे कठोर कदम चाल्ने विद्यार्थी संगठनको चेतावनी

काठमाडौँ, २८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय संगठन अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)ले स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक नगरे कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।

आज दुई संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन गराउन मिति तय गरे पनि विश्वविद्यालयको प्रशासनले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् ।

विज्ञपतीमा कार्यतालिका प्रकाशित गरी द्रुत गतिमा स्ववियु निर्वाचन प्रकृया अघि नबढाएमा विश्वविद्यालयका पदाधिकारीको औचित्य समेत नरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०