प्रधानमन्त्री रोजगार कार्यक्रम युगान्तकारी परिवर्तन, सरकारलाई असफल बनाउने सपना नदेखे हुन्छ : बरिष्ठ उपाध्यक्ष पौडेल

काठमाडौँ, २८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली भातृ संगठन युवा संघ नेपालका बरिष्ठ उपाध्यक्ष किरण पौडेलले एक युगमा एक पटक आउने प्रधानमन्त्री रोजगार कार्यक्रम युगान्तकारी परिवर्तन भएको बताउँदै वर्तमान सरकारलाई असफल बनाउन सपना नदेख्न चेतावनी दिनुभएको छ ।

आगामी फागुन १ गते औपचारीक रुपमा घोषणा हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका सवालमा युवा संघ नेपालले आफ्नै केन्द्रीय कार्यालयमा गरेको कार्यकर्ता परिचालन तथा छलफल कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पौडेलले वर्तमान स्थायी सरकारलाई असफल बनाउने छुट कसैलाई नभएको बताउँदै सरकार तथा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफल बनाई समृद्ध नेपाल सुखी नेपाली बनाउन युवा संघ नेपालले जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताउनुभयो ।

केही ठूला भनौदा मिडिया, डलर खेती तथा चिल्ला गाडी चढ्ने प्रतिकृयावादी तत्वहरु सरकारलाई असफल बनाउ उद्धर रहेको भन्दै उहाँले त्यस्ता प्रकारका घृणित कार्य गर्ने प्रति सरकार तथा सिङ्गो पार्टी सतर्क भई देश विकास र समृद्धिको लागि दृढतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले त्यस्ता घृणित कार्य गर्ने व्यक्ति, संस्था तथा राजनीतिक दलसँग नेपाली जनता सजक रहेको बताउँदै युवा संघ सरकारको परिपुरकको रुपमा रही निरन्तर अघि बढ्ने र प्रतिकृयावादी तत्वहरुको विरुद्धमा देश भर युवा परिचालन गरी जनचेतना फैलाउने बताउनुभयो ।

उहाँले लोकतन्त्रको शक्तिशाली तत्व जनता भएको बताउँदै जनताले नेपाललाई तिव्र आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकिय लगायतका विकास चाहेको बताउनुभयो । उहाँले जनताको देश विकास तथा समृद्धिमाथि कुठाराधात गर्ने छुट कसैलाई पनि नभएको बताउँदै प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस लगायत केही मिडियाकर्मीले जनतालाई निरासा जगाउने सुनियोजित षड्यन्त्र गर्दै देशलाई पुनः अन्धकारको बाटोमा फसाउने तथा नेकपालाई फुटाउने कुचेष्टा नगर्न समेत चेतावनी दिदैं यस्ता घृणित कार्यको युवा संघले भण्डाफोर गर्ने बताउनुभयो ।

जनतासँग प्रत्यक्ष रुपमा जोडिएर गरिएको विकासमात्र दिगो र स्थायी हुने बताउँदै बरिष्ठ उपाध्यक्ष पौडेलले युवाले चाहेको र रोजेको मात्र नभई आम नेपाली युवाहरुको भाग्य र भविष्यको बाटो निर्धारण गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको बताउनुभयो । उद्यमशिलता नै वेरोजगारीको अन्त्य भएको बताउँदै युवाहरुले कसैको अफिसमा गई जागिर खाने भन्दा पनि उद्यमशिल हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले फागुन १ गते घोषणा हुने प्रधानमन्त्री रोजगार कार्यक्रममा युवा संघको तर्फबाट हजारौं युवाहरु उतार्ने समेत घोषणा गर्नुभयो । उहाँले काठमाडौँको बाल्मीकी क्याम्पसबाट ११ः३० बजे युवाहरुको र्याली सहित राष्ट्रिय सभा गहृमा युवाहरुको प्रवेश हुने भएकाले सम्पूर्ण युवाहरुलाई उक्त र्यालीमा सहभागी हुन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०