पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत हनुहुन्छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु पँगेनी, डा कोइराला, डा मनबहादुर केसीलगायत संलग्न हुनुहुन्छ । बयासी वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०