सतर्क रहनुहोस् : गुगल क्रोमबाट पासवर्ड चोर्ने भाइरस बजारमा

एजेन्सी, २१ माघ । साइबर सेक्योरिटी सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ ।

उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो । साथै म्याकमा ब्याकअप राखिएका आइफोनका टेक्स्ट पनि सो मालवेयरले चोरी गर्नसक्ने बताइएको छ ।

कुकीमाइनर नामको मालवेयरले क्रोम ब्राउजरमा सेभ गरिएका क्रिप्टोकरेन्सी कारोबार तथा वालेट सर्भिस वेबसाइटका पासवर्डहरु चोरी गर्न सक्दछ । क्रोममा सेभ गरिएका पासवर्ड तथा म्याकमा आइट्युन्समा ब्याकअप लिँदा आइफोनका टेक्स्ट मेसेज पनि चोर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसको बढ्दो हवाई

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति