काठमाडौँ, २ माघ । काठमाडौँको धुम्वारहीमा रहेको नेशनल कलेजका विद्यार्थीद्वारा गैरीधारामा नेपाल अटिजम कियर सोसाइटीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।
मंगलवार तेस्रो वर्षमा अध्यनरत बिद्यार्थीद्वारा प्रोजेक्ट म्यान्ज्मेंट बिषयको क्रियाकलाप अन्तर्गत ‘गेमिंग फर च्यारिटी’ अन्तरगत लुडो, बिङ्गो र उनो खेल कलेजमै आयोजना गरेका थिए । उक्त खेलहरु खेलाएर उठेको रकमबाट उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । खेलबाट विद्यार्थीले १३ हजार संकलन गरी उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा कलेजका बोस फ्याकल्टीका कोअडिनेटर डम्बर भट्टले अटिजमका बारेमा काठमाडौँ भन्दा बाहिर पनि यसको शिक्षा फैलाउन जरुरत भएको र आउने दिनहरुमा कलेजले यस्ता सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अटिजमको संस्थाद्वारा धन्यबाद अनि अटिजमको अवारेनेस फैलाउन विभिन्न कार्यक्रममा सहकार्य गर्न सकिने कुरा ब्यक्त गरेका छन् ।
कार्यक्रम बिद्यार्थी समुन्द्र तिमल्सिनाले उठाएको पैसा यस्तो सामाजिक कार्यमा खर्चिन पाएकोमा हर्सित तथा उर्जा मिलेको साथै सहयोग उठाउन खेल खेलेर सहयोग गरिदिनुहुने सम्पूर्णलाइ धन्यबाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा यस प्रोजेक्ट टिमका सदस्यहरु समिप नारयण श्रेस्ठ, समुन्द्र तिमल्सिना, अनिशा बस्याल, प्राथना कार्की, आभास बस्नेत र स्यामी राजेश्वोरी सिंहको सहभागीता रहेको थियो ।






