लागूऔषधसहित एक महिला पक्राउ

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् ।

आफ्नै घरमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले २३ वर्षीया अस्मिता बोहोराको घरमा खानतलासी गर्दा कोठाको दराजमाथि रहेको कालो रङको लेडिज ब्यागभित्र लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ ग्राम २४० मिलिग्राम फेला पारेको हो ।

लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तौल मेसिन थान १ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,