राष्ट्र बिरोधी षड्यन्त्रकारीको गोटी बन्दै डा. केसी

काठमाडौँ, २६ पौष । १६ औं पटक आमरण अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसी आम नेपाली जनताको भाग्य र भविष्यको चिन्तामा नभई राष्ट्र विरोधी षड्यन्त्रकारीहरुको गोटीको रुपमा प्रस्तुत भएको देखिएको छ ।

चिकित्सा क्षेत्रको सुधार गर्ने नारा बनाई सरकार तथा जनतालाई उल्लु बनाउने प्रयास स्वरुप प्रस्तुत भएका हुन डा. केसी । होला उनका केही मागहरु जायज नै छन् र ती जायज मागहरु सरकारले सम्बोधन गर्ने पर्छ । तर आफ्नो तथा कुनै राजनीतिक दलको आडका भरमा मेरो गोरुको बाह्रै टक्का भनि माग तेस्र्याउनु कत्तिको जायज हुन्छ ? यो आम सचेत नेपाली नागरिकले निगरानि गरिरहेको विषय हो ।

डा. केसीको पटक पटकको अमरण अनसन त्यसमा प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको खुलेरै सडक तथा सदनमा होहल्ला हुनुबाट के बुझ्न जरुरी रहेको छ भने डा. केसी आफै चलेका हैनन्, उनलाई कसैले चलाएको मात्र हो । जसबाट नेपाली जनताले स्पष्ट रुपमा बुझ्न जरुरी रहेको छ कि डा. केसी नेपाली जनताको माग लिई अनसन बसेका हैनन् मात्र कांग्रेसको माग लिई अनसन बसेका हुन् ।

नेपाली काग्रेसले आफ्नो राजनीतिमा विरोधका भाषण गर्नलाई नै डा. केसीलाई प्रयोग गरेको हो भने आफ्नो नेतृत्वको सरकारमा हुँदा किन माग पुरा गर्न सकेन ? जुन डा. केसीले कांग्रेको नेतृत्वमा बनेको सरकारको समयमा आधाभन्दा बढी पटक अनसन बसेका थिए । आफ्नो नेतृत्वमा चाही विभिन्न बहानामा अनसनलाई पाखा लगाउने अनि त्यही माग राखेर अन्य पार्टीको नेतृत्वमा सरकार बन्यो भने डा. केसीका माग सतप्रशिसत ठिक छन्, हुबहु विधेयक ल्याउनुपर्छ भनि सडक तथा सदनमा हल्ला गरी अघि बढ्नु कांग्रेसको गैरजिम्मेवारीपन हो ।

आफ्नो कर्तुत लुकाउन अनि समाजमा अराजकता मच्चाउन आफूले नसक्ने भएपछि सामाजिक प्रतिष्ठा कमाएका सिलेबल मानिस तिर उनिहरुले आँखा लगाए । हिम्मतिलो, हठी र मुढी स्वभाबका डा. गोबिन्द केसी उनिहरुको नजरमा परे । डा। केसीको सामाजिक ईज्जत, प्रतिष्ठा र भविष्यका बारेमा उनिहरुलाई कुनै चिन्ता छैन् । छ त केवल डा. केसीलाई दाउमा राखेर समाजमा अराजकता मच्चाउने षड्यन्त्र ।

डा. केसीले आफ्नो १६ औं अनसन बस्नु अघि सार्वजनिक रुपमा प्रस्तुत गरेको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ कि उनी कुनै चिकित्सा शिक्षा बिधेयक त बहाना मात्र थियो । राष्ट्रका जिम्मेवार व्यत्ति माथि गरिएको अभद्र शब्द तथा तुच्छ आरोप, जसमा जति कानुनी उपचार गरे पनि नपुग्ने देखिन्छ ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका