२३७ केजी गाँजासहित गाडी बरामद

बारा, १३ मंसिर । जितपुर सिमरा उ.म.न.पा. १ पथलैया चेकपोष्ट नजिकबाट २३७.१७ किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको छ ।

शनिबार बेलुका अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंका लागी चेकजाँच गर्न खोज्दा चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए । तत्काल प्रहरी चौकी पथलैया र तालुक इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएका थिए ।

उक्त जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला नपरे पनि चालक भागेको दिशातर्फ एक थान किप्याड मोबाइल फेला परेको थियो । उक्त गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७ किलोग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको ।

गाडीसहित गाँजा नियन्त्रणमा लिइएको छ भने फरार चालकको खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण

काठमाडौँ, १२ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रार निर्धारण गरेको छ । Code

काठमाडौँ, ११ मंसिर । सेयर बजार परिसूचक नेप्से आज ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा आइपुगेको छ । सूचक घटेर राताम्मे बनेको