नेप्सेम्याकको दुई कार्यक्रम: ४५ जनाद्वारा रक्तदान, ७३ जनाको स्वास्थ्य परीक्षण

भक्तपुर, १२ मंसिर । नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्रविधिक सहयोगमा आयोजना गरिएको दुई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

नेप्सेम्याक भक्तपुर शाखा कार्यालय राधेराधेमा आयोजित खुल्ला रक्तदान तथा नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा ‘रक्तदान, जीवनदान’ भन्ने नाराका साथ ४५ जनाले रक्तदान गरेका छन् । जसमा १२ जना महिलाले गरेका छन् भने ३३ जना पुरुषले रक्तदान गरेका छन् । त्यस्तै ७३ जनाले नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरेका छन् । नसर्ने रोगहरुको परीक्षणमा ४ जनाले मनोपरामर्श लिनुपर्ने अवस्था देखिएको तथा बाँकी सवैमा कुनै पनि समस्या नदेखिएको कार्यक्रम संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष टीका दाहालले नेप्सेम्याकको उद्देश्य फोहोर संकलन गरी वातावरण संरक्षण गर्नेमात्र नभई रोग नै लाग्नबाट बचाउने अभियान समेत रहेको उल्लेख गर्नुभयो । आफ्ना शाखाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रुपमा यस्ता सामाजिक कार्य गर्ने गरेको स्मरण गराउँदै उहाँले उक्त कार्यहरुमा भक्तपुर शाखा अझ बढी उत्कृष्ट रहेको बताउनुभयो ।

नेप्सेम्याक फोहोर व्यवस्थापनमा मात्र सीमित संस्था नभई वातावरण संरक्षण, बहाल स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक सेवासँग जोडिएर समाजसँगै अघि बढ्ने अभियान भएको संस्थाका निर्देशक बाबुराम चौलागाईले बताउनुभयो ।

समाजको साथ, संस्थाको प्रतिबद्धता र कर्मचारीको समर्पणबाटै स्वच्छ, स्वस्थ र सभ्य समाज निर्माण सम्भव भएको आयोजकले जनाएको छ । कार्यक्रममा संयोजक आचार्यले भन्नुभयो, “समाजले दिएको विश्वास हाम्रो शक्ति हो, कर्मचारीको समर्पण हाम्रो पहिचान हो र समाजप्रतिको उत्तरदायित्व हाम्रो धर्म हो । अरूको वातावरण सफा राख्ने हातहरू स्वस्थ रहून्, सेवामा समर्पित मनहरू सधैँ उत्साहित रहून् ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुर तथा दुवाकोट शाखा, स्वच्छ वातावरण समाज केन्द्र, आर.पी रिसाइकल संकलन तथा व्यवस्थापन तथा अरुण अटोमोवाइल्स प्रा.लिको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।

काठमाडौँ, १२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णय पारित गरेको छ ।  मंसिर ८ गतेदेखि सुरु भई मंसिर

काठमाडौँ, १२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित

पर्वत, १२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी