मन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानको अनुगमन: बिचौलियाको प्रभावबारे चासो

सुनसरी, १२ मंसिर । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखेका छन् । गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए । उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए ।

त्यसक्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए । उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १२ मंसिर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले प्रदेश अन्तरगत छुट्टै फोहोरमैला व्यवस्थापन ऐन तयार गरिरहेको जानकारी गराउनुभएको

काठमाडौँ, १२, मंसिर । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।

काठमाडौँ, १२ मंसिर । अहिले नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, ११ मंसिर । परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा सार्वजनिक ‘ज्वाइन्ट भिजन डकुमेन्ट’मार्फत दुई देशबिचको सम्बन्धलाई