रास्वपाद्वारा विभिन्न पदमा आवेदन आह्वान

काठमाडौँ, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।

दक्ष, योग्य तथा प्रतिबद्ध व्यक्तिहरूबाट आवेदन माग गरिएको रास्वपाले जनाएको हो ।  आह्वान गरिएका पदहरूमा भिडियोग्राफर २ जना, भिडियो सम्पादक २ जना, प्रिन्ट डिजाइनर २ जना तथा सामग्री लेखक २ जना रहेका छन् । यसैगरी आवेदक सहयोग अधिकृत ४ जना र अभिलेखीकरण अधिकृत २ जना गरी जम्मा १४ जना जनशक्ति माग गरिएको छ । 

इच्छुक व्यक्तिहरूले २०८३ मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन [email protected] मा पठाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १२ मंसिर । नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्रविधिक सहयोगमा

काठमाडौँ, १२ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १२ मंसिर । बाजुरामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते

काठमाडौँ, १२ मंसिर । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आजदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा