बाजुरामा ट्याक्टर दुर्घटना हुँदा मृत्य हुनेको संख्या ३ पुग्यो

काठमाडौँ, १२ मंसिर । बाजुरामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकी जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ५२ वर्षीया रामशरा देवी सिंहको शुक्रबार राति कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव अस्पतालको शवगृहमा राखिएको छ ।

यसअघि दुर्घटनामा सोही ठाउँका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको थियो ।

दुर्घटनामा ट्याक्टर चालकसहित चार जना घाइते भएका छन् । घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय चालक नवीन बोहरा तथा बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया संगीता शाही छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ साढे ६ बजे जगन्नाथ गाउँपालिका–३ को दाउणा भन्ने स्थानमा दुर्घटना भएको थियो । पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । अहिले नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, ११ मंसिर । परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा सार्वजनिक ‘ज्वाइन्ट भिजन डकुमेन्ट’मार्फत दुई देशबिचको सम्बन्धलाई

काठमाडौँ, ११ मंसिर । चीन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा भ्रमण दलका प्रमुख विपिन कुमार आचार्यले भ्रमणबारे पार्टी

काठमाडौँ, ११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा