काठमाडौँ, १२ मंसिर । बढुवा समितिको सचिवालयले निजामती सेवाका विभिन्न सेवा र समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा बढुवाका लागि ९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले मङ्सिर १२ गते सूचना प्रकाशित गर्दै जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि योग्यताक्रमअनुसार नाम सिफारिस गरिएको जनाएको हो।
बढुवा समितिको मङ्सिर ११ गतेको निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा २४च. को प्रयोजनार्थ यो सूची सार्वजनिक गरिएको सूचनामा उल्लेख छ। सिफारिस हुनेहरूमा नेपाल प्रशासन सेवातर्फ ५ जना तथा नेपाल इञ्जिनियरिङ्ग सेवाको सिभिल समूहअन्तर्गत जनरल उपसमूहमा १ जना र हाइवे उपसमूहमा ३ जना रहेका छन् ।







