षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन् : विश्वप्रकाश शर्मा

काठमाडौँ, १२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाउँदै उनले कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने र नदिए फसाइदिने भनी उजुरीमा आएको दाबीबारे स्पष्ट पार्न आग्रह गरेका हुन्।

षड्यन्त्रका तह क्रमशः खुल्दै गएको दाबी गर्दै शर्माले अब पर्दा पूरै च्यातिनुपर्ने धारणा राखेका छन्। प्रकरणको वास्तविकता जे भए पनि त्यसमाथि निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।

उनले लेखेका छन्, “काँग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरु विरुद्ध बयान दिए छोडिदिने , नत्र फँसाइ दिने !´´ इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित बिषयको वास्तविकता के हो प्रधानमन्त्रीजि ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरु क्रमशः एकपछि अर्को बन्दैछन् ? पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ मध्ये एक हो l
`इनम प्रकरण´ लाई `सस्पेन्स थ्रीलर फिल्म´ का रुपमा होइन, बिचौलिया इनम र निजको कर्मसँग जोडिएका सम्पुर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ l षड्यन्त्रका पत्रहरु क्रमशः खुल्दैछन् , अब पर्दा पुरै च्यातिनुपर्छ l वास्तविकता जे हो त्यस उपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसदले अग्रसरता लिन जरुरी छ l”

Top of Form Bottom of Form

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

काठमाडौँ, ११ मंसिर । सेयर बजार परिसूचक नेप्से आज ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा आइपुगेको छ । सूचक घटेर राताम्मे बनेको

काठमाडौँ, ११ मंसिर । बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको

काठमाडौँ, ११ मंसिर । भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५०