२४ घण्टामा ८८४ चालक ट्राफिक कारबाहीमा

काठमाडौँ, ११ मंसिर । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टामा ती चालकहरूलाई कारबाही गरिएको हो । तोकिएको भन्दा तीव्र गतिमा सवारी चलाउने ११७ जना चालक कारबाहीमा परेका छन् । त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।  

यसैगरी, सिसिटिभी निगरानीमार्फत ट्राफिक नियम उल्लङ्घन गरेको पाइएका ४७ जना र ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३९ जना चालक कारबाहीमा परेका छन्। सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ३४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने ६ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।  

उक्त अवधिमा ‘वान वे’ (एकतर्फी बाटो) उल्लङ्घनमा भने कोही पनि कारबाहीमा परेका छैनन्। अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ५६७ जना चालकमाथि कारबाही भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, ११ मंसिर । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई

काठमाडौँ, ११ मंसिर । पर्साको वीरगञ्जस्थित आदर्शनगर चोकमा रहेको सूरज होटलको फर्च्युन सिटी क्यासिनोबाट ९ नेपालीसहित १२ जना पक्राउ परेका

काठमाडौँ, ११ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।