आजको मौसम

काठमाडौँ, ११ मंसिर । अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ ।

त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रार निर्धारण गरेको छ । Code

काठमाडौँ, १० मंसिर । सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १२.२६ अंकले घटेर

काठमाडौँ, १० मंसिर । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौँ, १० मंसिर । काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको