निर्वाचनमा एउटा र व्यवहारमा अर्को कुरा गर्न पाइँदैन : महामन्त्री पौडेल

काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा गरेको बाचाअनुसार सरकारले काम नगरेको बताएका छन् ।

आज धादिङ–२ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पौडेलले निर्वाचनअघि एउटा कुरा गरेर निर्वाचनपछि त्यसविपरीत व्यवहार गर्न नहुने बताए ।

उनले भने, “निर्वाचनमा एउटा कुरा बोलेर निर्वाचनमा गइसकेपछि फेरि अर्को व्यवहार गर्न पाइँदैन,” “लोकतन्त्रलाई असुरक्षित गर्ने, लोकतन्त्र समाप्त गर्ने र विधिको शासन अन्त्य गर्ने ढंगबाट सरकार प्रस्तुत हुन्छ भने त्यसका विरुद्ध हामीले खबरदारी गर्नुपर्छ ।”

सरकारका कामकारबाहीका विषयमा कांग्रेसले सूक्ष्म अध्ययन गरी तथ्यसहित जनतामाझ ल्याउने पौडेलले बताए । उनले भ्रष्टाचारविरुद्धको अभियानमा नेपाली कांग्रेस सशक्त रूपमा अघि बढ्ने पनि बताए ।

उनले भने, “सरकारले संसद्लाई उपेक्षा गरेको छ । नागरिकलाई अपमान गरेको छ । संसदीय व्यवस्थामाथि प्रहार गर्ने काम गरेको छ,” “ती कुराहरू हामीले निरन्तर रूपमा उठाउनेछौँ, खबरदारी गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौँ, १० मंसिर । काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको

सिरहा, १० मंसिर । सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

भक्तपुर, १० मंसिर । ‘सफा शहर, सभ्य नागरिक र स्वस्थ समाज’ निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा रहेको नेप्सेम्याकले एकै दिन