बाह्र हजार क्विन्टल धान खरिद गरिँदै

काठमाडौँ, १० मंसिर । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बिहान भएको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस वर्ष झापाबाट कुल १२ हजार क्विन्टल धान खरिद गरिने छ । सोना मन्सुली (मध्यम) धान आठ हजार क्विन्टल र रञ्जित मन्सुली धान चार हजार क्विन्टल खरिद गर्ने लक्ष्य छ ।

दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ८६० निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत धान खरिद गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौँ, १० मंसिर । काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको

सिरहा, १० मंसिर । सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

भक्तपुर, १० मंसिर । ‘सफा शहर, सभ्य नागरिक र स्वस्थ समाज’ निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा रहेको नेप्सेम्याकले एकै दिन