मन्त्री बादीद्वारा लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन आह्वान

काठमाडौँ, ९ मंसिर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र न्यायको सुनिश्चितताका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेकी छन् । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै मन्त्री बादीले हिंसामुक्त, विभेदरहित, सुरक्षित र न्यायपूर्ण समाज निर्माण सरकारको प्राथमिकता भएको बताइन् ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यो अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अगाडि बढाइएको छ ।

सम्बोधनका क्रममा मन्त्री बादीले संविधान, कानुन तथा विभिन्न नीतिगत व्यवस्थाका बाबजुद घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, जातीय विभेद, मानव बेचबिखन तथा डिजिटल माध्यमबाट हुने हिंसा अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको उल्लेख गरिन् । विशेषगरी दलित महिला, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, बालिका, किशोरी तथा सीमान्तकृत समुदाय हिंसाको थप जोखिममा रहेको उनको भनाइ थियो । न्याय पहुँचवालाका लागि मात्र नभई प्रत्येक नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिँदै उनले हिंसा प्रभावित व्यक्तिलाई न्याय खोज्ने क्रममा थप पीडा र असुरक्षा भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्न आह्वान गरेका छन् । उनले

काठमाडौँ, ९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने

काठमाडौँ, ९ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

काठमाडौँ, ८ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित