नक्कली महको कारोबार गर्ने एक जना पक्राउ

काठमाडौँ, ९ मंसिर ।काठमाडौँको टोखाबाट अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले धादिङको सिद्धलेक गाउँपालिका-२ घर भई हाल टोखा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार टोखा नगरपालिका-१ झण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। मंगलबार दिउँसो उक्त स्थानमा पुगेर चेकजाँच गर्दा मिसावट गरिएको अवस्थामा १५ बाल्टिन मह फेला परेको हो। बरामद गरिएको उक्त महको तौल ३८४ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।

अखाद्य पदार्थ मिसावट गरिएको महसहित पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्न आह्वान गरेका छन् । उनले

काठमाडौँ, ९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने

काठमाडौँ, ९ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

काठमाडौँ, ८ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित