साउदीमा हुथीको आक्रमण, नेपालीसहित ११ जना घाइते

काठमाडौँ, ९ मंसिर । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा नेपाली घाइते भएका छन् ।  

साउदी नागरिक सुरक्षा निकायले आक्रमणमा ११ जना घाइते भएको बताएको छ । घाइते हुनेमा साउदी, भारतीय, नेपाली र इजिप्टका नागरिक रहेको सुरक्षा निकायले जनाएको छ । साउदी प्रेस एजेन्सीका अनुसार घाइतेहरूको उपचार भइरहेको छ । घाइतेको पूरा विवरण भने खुलाइएको छैन । 

केही दिनको अन्तरालमा दोस्रोपटक आक्रमण भएको हो । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी हमला’ भनेको छ ।

तीनजना प्रत्यक्षदर्शीका अनुसार आक्रमणको निशानामा रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी)स्थित पीआईएफ टावर परेको थियो । यस भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालय छ । गत बिहीबार पनि यो भवन आक्रमणमा परेको थियो ।

सैन्य गठबन्धनका प्रवक्ता टर्की अल–माल्कीले सामाजिक सञ्जालमा वित्तीय केन्द्रको टावरमा ‘कायरतापूर्ण आतंकवादी हमला’ भएको बताएका छन् । 

समाचार एजेन्सी एएफपीलाई एक स्रोतले बताएअनुसार गत साताको आक्रमणबाट भएको क्षति मर्मत गर्न कामदारहरू टावरभित्रै रहेका बेला पुनः आक्रमण भएको थियो । घाइतेमध्ये कम्तीमा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । सीएनए

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने नेपाल भारतबीच भएको सहमतिको

बुटवल, ९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै

काठमाडौँ, ९ मंसिर । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी

झापा, ९ मंसिर । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कार्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी