कांग्रेस सभापति गगन थापा रसुवामा

काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढीपीडितको पछिल्लो अवस्थाबारे जानकारी लिन रसुवा पुगेका छन् ।

थापासहित कांग्रेसका नेताहरू आइतबार रसुवा पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग भेटघाट गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले रसुवाका बाढीपीडितको वर्तमान अवस्था समेटेर प्रतिवेदन तयार पार्ने भएको छ । स्थानीयस्तरमा पीडितको अवस्था, उनीहरूका समस्या र आवश्यकताबारे जानकारी संकलन गर्न सभापति थापासहितका नेताहरू रसुवा पुगेका हुन् । उनीहरूले आइतबार बिहान बेत्रावतीमा बाढीपीडितसँग भेटघाट तथा छलफल गरेका छन् ।

कांग्रेसले धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको छ । प्रतिवेदनका आधारमा बाढीपीडितलाई पार्टीका तर्फबाट सम्भव सहयोग गर्ने र सरकारले गर्नुपर्ने कामका विषयमा सरकारलाई खबरदारी गर्ने कांग्रेसको योजना छ ।

जग्गाको अभाव देखाउँदै सरकारले स्थायी बसोबासको व्यवस्था गर्न ढिलाइ गरेको बाढीपीडितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्केका छन् । 

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली

काठमाडौँ, ६ मंसिर । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको

काठमाडौँ, ५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा ‘राक्षसीराज’ चलिरहेको टिप्पणी गरेका छन्। आज एमालेको जनवर्गीय