काठमाडौँ, ४ मंसिर । सेयर बजार परिसूचक नेप्से आज ७.३८ अंकले घटेर बन्द भएको छ ।
यस दिन सुरुआतबाटै अस्थिर बनेको बजार अन्तिम समयमा एकल अंकले नेप्से घट्दा राताम्मे भएर बन्द भएको हो ।
राताम्मे बनेको बजारमा लगानीकर्ताले तीन अर्ब ८८ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । खरिदभन्दा बिक्री चाप बढ्दा कारोबारमा आएका १८१ कम्पनीको सेयर मूल्य घटेको छ । ८९ कम्पनीको सेयर मूल्य बढेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
डोल्टी पावर कम्पनी ५.१४ प्रतिशतको वृद्धिसहित सबैभन्दा धेरै कमाउनेको सूचीमा अगाडि छ । घट्नेमा भने मुक्तिनाथ म्युचुअल फन्ड २ अगाडि छ । यसको मूल्यमा ८.५० प्रतिशतले गिरावट आएको हो ।
शुक्रबार लगानीकर्ताले ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै अर्थात् २० करोड रुपैयाँबराबरको कारोबार गरेका छन् ।







