निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : सभापति थापा

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् ।

आज निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले भने, ‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ तर त्यो सीमित छ’, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’

उनले राजनीतिक दललाई चिन्दिनँ र मान्दिनँ भन्दै गर्दा अरू बेला सरकारको कामकारबाही चले पनि निर्वाचनमा त्यस्तो नचल्ने बताए । उनले निर्वाचनका बारेमा सरकारले दलहरूसँग संवाद गर्नुपर्नेमा जोड दिँदै भने, ‘निर्वाचनबारे संविधानले निर्दिष्ट गरेको व्यवस्था गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ मंसिर । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार आज बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा

काठमाडौँ, ४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार प्रेमिकाको कोठामा अचेत अवस्थामा

काठमाडौँ, ४ मंसिर । सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा

काठमाडौँ, ४ मंसिर । काठमाडौँको टोखामा प्रहरीका एक जना हवल्दारले आफैँलाई गोली प्रहार गरेका छन् । टोखा नगरपालिका–१ मा हवल्दार