कार्कीलाई आईजीपीबाट हटाउने निर्णय रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ, २ मंसिर । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा छलफल गर्न सरकारलाई बोलाएको छ ।

रिट निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा झिकाएको हो । सर्वोच्चले उक्त प्रकरणमा सरकारसँग लिखित जवाफ माग गरेको छ । 

सर्वोच्चको आदेशले तत्कालका लागि सरकारको निर्णय नरोकिने भएको छ । सर्वोच्चको आदेशअनुसार अब अन्तरिम आदेश हुने वा नहुने विषयको टुंगो संयुक्त इजलासबाट लाग्नेछ ।

सरकारको निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्की गत कात्तिक २० गते सर्वोच्च पुगेका थिए । आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीले रिटमा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ मंसिर । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-४, विश्वडुब्बाका

काठमाडौँ, २ मंसिर । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मालिका गाउँपालिका

काठमाडौँ, २ मंसिर । काठमाडौँको तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी

काठमाडौँ, २ मंसिर । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत