काठमाडौँ, २ मंसिर । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाको मालिका गाउँपालिका –०५ मल्कवाङ घरथोकस्थित वनबाट सात थान भरुवा बन्दुक बरामद गरिएको हो ।
आज बिहान इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा वनमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका बन्दुक इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीमा ल्याएर राखिएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







