काठमाडौँ -तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ, २ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्।

आज काठमाडौँ –तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौँ र तराई–मधेशबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

उनले करिब ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने बताए ।

राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ ।

उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्रै सिमित नरहेको बताए । यसले राजधानी र तराई–मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ मंसिर । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-४, विश्वडुब्बाका

काठमाडौँ, २ मंसिर । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मालिका गाउँपालिका

काठमाडौँ, २ मंसिर । काठमाडौँको तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी

काठमाडौँ, २ मंसिर । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत