बेवारिसे अवस्थामा २७ थान गोली फेला

काठमाडौँ, २ मंसिर । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो ।

गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको झोलाभित्र ९ मिमि राउन्ड जस्तो देखिने २७ थान गोली फेला पारेको जनाएको छ । बरामद गरिएका गोली कसले, कुन प्रयोजनका लागि र कसरी उक्त स्थानमा छाडेको भन्ने विषयमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ मंसिर । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-४, विश्वडुब्बाका

काठमाडौँ, २ मंसिर । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मालिका गाउँपालिका

काठमाडौँ, २ मंसिर । काठमाडौँको तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी

काठमाडौँ, २ मंसिर । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत