साइबेरियामा रुसी सैन्य विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

एजेन्सी, २ मंसिर । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार एएन–१२ सैन्य यातायात विमान दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको आशंका गरिएको छ।

रुसी सरकारी समाचार संस्था रिया नोभोस्तीका अनुसार विमान बस्ती नभएको क्षेत्रमा खसेको थियो। दुर्घटनापछि लागेको आगो आपत्कालीन उद्धार टोलीले नियन्त्रणमा लिएको क्षेत्रीय गभर्नर इल्या सेरेदियुकले बताएका छन्।

घटनास्थलमा अनुसन्धान टोली खटाइएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । घटनास्थलमा लागेको आगो उद्धार टोलीले तत्काल नियन्त्रणमा लिएको थियो । प्रहरीले दुर्घटनास्थल आसपासको क्षेत्रलाई घेराबन्दी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ मंसिर । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-४, विश्वडुब्बाका

काठमाडौँ, २ मंसिर । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मालिका गाउँपालिका

काठमाडौँ, २ मंसिर । काठमाडौँको तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी

काठमाडौँ, २ मंसिर । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत