काभ्रेबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ, १ मंसिर । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले आज छापा हानेर केही थान ल्यापटप र मोबाइलसहित ३६ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । 

पाँचखालसँगै धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा समेत चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको खुलेको प्रहरिली जनाएको छ । 

३६ मध्ये ३१ पुरुष र पाँच महिला चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । जिल्लाका विभिन्न रिसोर्टमा विदेशी नागरिकहरूको बसाइँ र उनीहरूको गतिविधिबारे प्रश्न उठेको थियो । ठूलो संख्यामा चिनियाँ नागरिक एकै स्थानमा बसेर सञ्चालन गरिरहेका गतिविधि र उनीहरूको बसाइँको उद्देश्यबारे चासो बढेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, १ मंसिर । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडाैँ, १ मंसिर । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रशासन कार्यालय र

काठमाडाैँ, १ मंसिर । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको

सिन्धुली, १ मंसिर । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मङ्गलबार