काठमाडाैँ, १ मंसिर । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले आज छापा हानेर केही थान ल्यापटप र मोबाइलसहित ३६ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पाँचखालसँगै धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा समेत चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको खुलेको प्रहरिली जनाएको छ ।
३६ मध्ये ३१ पुरुष र पाँच महिला चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । जिल्लाका विभिन्न रिसोर्टमा विदेशी नागरिकहरूको बसाइँ र उनीहरूको गतिविधिबारे प्रश्न उठेको थियो । ठूलो संख्यामा चिनियाँ नागरिक एकै स्थानमा बसेर सञ्चालन गरिरहेका गतिविधि र उनीहरूको बसाइँको उद्देश्यबारे चासो बढेको प्रहरीले जनाएको छ ।







