महोत्तरीका १९६ परिवारले पाए लालपुर्जा

महोत्तरी, १ मंसिर । महोत्तरीको एकडारा गाउँपालिका २ (साविक एकडारा गा.वि.स. वडा नं ५, ७, ८ र ९ ) का १९६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय १९६ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन् । नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।

उक्त क्षेत्रको नापजाँच कार्य २०७३ सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् । लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भोजपुर नगरपालिका–३

काठमाडौँ, १ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशमा सुशासन कायम गराएरै सरकारले राखेको राजस्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने

काठमाडौँ, १ मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा

काठमाडौँ, १ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १९ सय